संर्घष सहित जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने आरसीपी नेपाल बर्दघाटको उद्घोष
संर्घषको खाका तयार गर्ने उद्धेश्य
नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बर्दघाट संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने भएको छ ।
पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने नगर संयोजक राम प्रसाद अर्गेजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर कार्यालयको विहीवार सम्पन्न विस्तारित बैठकले संर्घषको उद्घोष सहितको योजना तय गरेको छ । अभियानमा आधारभुत वर्ग मजदुर, किसान, दलित, महिला र उत्पिीडित समुदायको माग सम्बोधन गर्न दबाब सिर्जना गरिने संयोजक अर्गेजाले बताउनुभयो ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै नगरको बिभिन्न वडाहरुलाई जोडेर संयुक्त वडा भेला गर्ने निर्णय भएको उहाँको भनाई छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको अर्गेजाको भनाई छ ।
बैठकले नगर संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।