एनएमबी बैंक बर्दघाटद्वारा दिब्यज्योती माबिलाई एसी प्रदान

0

बर्दघाट : एनएमबी बैंक बर्दघाट शाखाले बर्दघाट २ चिसापानी स्थित दिब्य ज्योति माबि लाई एयर कन्डिसन
(एसि)सहयोग प्रदान गरेको छ ।
शाखा प्रबन्धक रामकुमार भारती लगायतका कर्मचारीले विद्यालयका अध्यक्ष शिव बहादुर गुरुङ र प्राचार्य रमेश कुमार कुवर, लेखापाल भुपाल पौडेललाई सो एसि सहयोग हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका अध्यक्ष शिव बहादुर गुरुङले एनएमबि बैंकले दिव्यज्योति स्कुललाइ छनौट गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विस्वास व्यक्त गर्नुभयो।

शाखा प्रबन्धक राम कुमार भारतीले एनएमबि बैंकले आमजनतालाइ उत्कृष्ट, सरल र छिटोछरितो बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु विभिन्न क्षेत्रमा बिगत देखि नै गर्दै आएको र भविस्य पनि निरन्तर गरिने जानकारी दिनुभयो ।

You might also like