अखिल (क्रान्तिकारी)को जागरण अभियान अन्तरगत तीन वटा शैक्षिक संस्थामा अन्तरक्रिया

0

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान अन्तरगत नवलपरासीको तीनवटा शैक्षिक संस्थामा अन्तरक्रिया गरिएको छ । अभियान अन्तरगत अखिल (क्रान्तिकारी) नवलपरासीको सक्रियतामा दिब्यज्योति बहुमुखी क्याम्पस, दाउन्नेदेवी देवी क्याम्पस र दिब्यज्योति माविमा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा शिक्षा क्षेत्रमा राजनीतिक भागबन्डा बन्डा, देशको शिक्षा प्रणाली, श्रम तथा बौद्धिक पलायन र लागू औषधलगायतका मुद्धामा छलफल गरिएको थियो ।
छलफल पछि तीनवटै शैक्षिक संस्था इकाई सम्मेलन तथा कक्षा इकाईहरु गठन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्काले जानकारी दिनुभयो ।
अभियानकै क्रममा दिब्यज्योति बहुमुखी क्याम्पस स्नातक तह ब्यवस्थापन प्रथम बर्षमा अन्जली बिश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय ईकाई समिति गठन गरिएको छ ।
त्यस्तै दाउन्ने देवी क्याम्पस ईकाई सम्मेलनले पुजा हरिजनको अध्यक्षतामा २१ सदस्सीय नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
यसैबीच दिब्यज्योति मावि कक्षा –१२ तर्फ सबिन भट्टराईको अध्यक्षतामा १७ सदस्सीय र अनिता भट्टराईको अध्यक्षतामा अर्काे इकाई गरेर दुईवटा कक्षा ईकाई गठन गरिएको छ ।
अभियानमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक नबीन खड्का, केन्द्रीय सचिवलाय सदस्य तथा प्रदेश सहसंयोजक इन्दु वली , केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक मनोज थापा , केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक सन्देश सापकोटालगायतले सहजीकरण गर्नुभएको थियो ।

You might also like