बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा चित्रकला प्रतियोगिता सम्पन्न

0

रवि पाण्डेय
बर्दघाट – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था खानेपानी सुरक्षा योजनाको आयोजनामा बर्दघाट प्रेस क्लब
को समन्वयमा बुधवार बिद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।
खानेपानी र सरसफाई बिषयक चित्रकलामा आयोजक संस्थाको कार्यक्षेत्र भित्रका ९ वटा बिद्यालयका प्रतियोगी बिद्यार्थीहरु सहभागी भएका थिए । सो कार्यक्रममा बोल्ने बक्ताहरुले नितान्त नौलो बिषयमा चित्रकला प्रतियोगिता गरिएको भन्दै यसबाट राम्रो कामको शुरुवात भएको औल्याए । कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेदविना तिवारीले खानेपानी र संचार सम्बद्ध संस्थाले गरेको चित्रकला प्रतियोगिताले खानेपानी एंव सरसफाईको क्षेत्रमा राम्रो प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दीपक लम्सालले संचार क्षेत्रसंग सहकार्य गरेर नयाँ काम गर्न पाउदाँ संस्था परिवारलाई नयाँ अनुभुति भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रमको संचालन संस्थाका सचिव शोभाकान्त कोईरालाले गर्नुभएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा चित्रकार मन गोल्डी सदस्यमा तपचन्द्र प्रयासी र प्रकाश न्यौपाने रहेको क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण)ले जानकारी दिनुभयो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको समुहबाट न्यु लाइफ मावि प्रथम , कुमुदिनी मावि द्धितीय र दाउन्ने देवी मावि तृतीय र कक्षा ६ देखि १० सम्मको समुहमा कुमुदिनी मावि प्रथम , एक्स आर्मी द्धितीय र न्यु लाइफ मावि तृतीय भएको ढकालले जानकारी गराउनुभयो ।

You might also like