महुली लघुबित्त बर्दघाटद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

0

नवलपरासी – महुली लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बर्दघाटले आफ्ना सदस्य महिलाहरुका बीच तीज बिशेष दर खाने कार्यक्रम आइतवार सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय बर्दघाट–६ बिद्युतमा एक कार्यक्रम आयोजना गरेर संस्थाले सदस्यहरुलाई दर खुवाएको हो ।
कार्यक्रममा लघु बित्त संस्थाले दर खुवाउने जस्ता कार्यक्रम गरेको प्रति सदस्यहरुले निकै आश्चर्य समेत ब्यक्त गरेका थिए । तीज बिशेष कार्यक्रममा शाखाका प्रबन्धक गणेश कुमार चौधरीले आफ्नो कार्यक्षेत्र भित्र बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको संस्थाले सदस्य र शाखा बीच भावनात्मक सम्बन्ध थप प्रगाढ बनाउन तीज बिशेष कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा पत्रकार रवि पाण्डेय, संस्थाका कर्मचारी ईन्द्रराज सन्ज्याललगायतले शुभकामना ब्यक्त गर्नुभयो । सो अवसरमा महिलाहरुले तीजका बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

You might also like