आयुर्बेदको क्षेत्रलाई प्राथमिकतामा : मन्त्री खनाल

0

रवि पाण्डेय
नवलपरासी – लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश सरकारले आयुर्बेदको क्षेत्रलाई समेत प्राथमिकतामा राखेको बताउनुभएको छ । पछिल्लो समय आयुर्बेदिक उपचारमा बिरामीहरु आर्कषित हुदै गएको देखिन्छ– बर्दघाट प्रेस क्लबले शुक्रवार आयोजना गरेको सात्क्षाकारमा उहाँले भन्नुभयो– आयुर्बेद अस्पताल र आयुर्बेद केन्द्रहरुको स्तरोन्नतिमा पनि सरकारले बजेट ब्यवस्था गरेको छ । बिजोरी आयुर्बेद अस्पताललाई ५० शय्याको विकास गर्ने तयारी गरिएको उहाँको भनाई थियो । फरक प्रसंगमा मन्त्री खनालले कुनै पनि विकास निर्माणको काममा मुद्धा हाल्ने प्रबृति रहेको उल्लेख गर्नुभयो ।

You might also like