दिब्यज्योति बहुमुखी क्याम्पसमा निर्वाचन : यस्तो छ जोड घटाउ

आफ्नै प्यानलले जित्ने दुवै पक्षको दावी

0

रवि पाण्डेय   नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – २ चिसापानीमा रहेको दिब्यज्योति बहुमुखी क्याम्पस संचालक समितिका लागि विहीवार निर्वाचन हुदैछ ।

निर्वाचनमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसको सर्मथनमा समाजवादी पार्टी सहितको संयुक्त प्यानल भिड्दैछन । असोज १६ गते विहानै देखि हुने क्याम्पस संचालक समितिको छैठौ क्याम्पस सभा निर्वाचनमा नेकपाले प्रदेश सदस्य बृहस्पति अधिकारीको नेतृत्वमा प्यानल खडा गरेको छ ।अधिकारीको नेतृत्वमा शिवलाल कंडेल, टिकाराम शर्मा आचार्य ,पुण्य प्रसाद पौडेल, मिनराज शर्मा,धनञ्जय पौडेल,रमेश बस्याल,देवि पाण्डे,धनीराम चौधरी र विष्णु मौरथी रहेका छन् । आचार्य निवर्तमान अध्यक्ष समेत हुन उनले सदस्यमा उम्मेदवारी दिएका हुन । नेकपा समर्थनमा उम्मेदवारी दिएका अध्यक्ष उम्मेदवार अधिकारीले माहौल आफू अनुकुल रहेकोले आफ्नो जित सुनिश्चित भएको दावी गरे । म यस संस्थाको संस्थापक सदस्य र निरन्तर संस्थामा सहभागी भएकोले मेरो नेतृत्वको प्यानलको जिति सुनिश्चित छ – अधिकारीले भने – यसको अन्र्तबस्तुबारे ज्ञान भएकैले पनि मेरै नेतृत्वले जित्छ ।

त्यस्तै नेपाली काँग्रेसले समाजवादी पार्टीका युवा नेता यमबहादुर थापाको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्ष उम्मेदवार थापाले ९ दलको समर्थनमा आफनो उम्मेदवारी रहेकोले र स्थानीय एंव क्याम्पसका हरेक गतिबिधिमा सरिक हुदै आएकोले आफ्नो बिजय सुनिश्चित रहेको बताए । नौ दलको सर्मथन पनि छ अनि नेकपाभित्रैबाट पनि साथीहरुको मलाई सर्मथन रहेकोले जित सुनिश्चित रहेको छ – उनले भने – संस्था मेरो योगदानले गर्दा त्यसको प्रतिफल स्वरुप मेरो प्यानलले जित्छ । यो संयुक्त प्यानलमा गणेश क्षेत्री, जानकी पौडेल, दिलकुमारी कुंवर, रविन्द्र सापकोटा , पशुपति न्यौपाने, लालनाथ घिमिरे , इन्द्र ढकाल , ऋषिराम थापा मगर र हिमा कामी छन ।

निर्वाचनका लागि यस अघि क्याम्पस सभाले मुख्य निर्वाचन अधिकृत मित्रलाल लामिछाने र निर्वाचन अधिकृत दिपक बहादुर खड्का र चन्द्रप्रकाश ज्ञवालीलाई खटाएको थियो । निर्वाचन अधिकृत ज्ञवालीका अनुसार विहीवार हुने निर्वाचनका लागि अन्तिम तयारी पूरा भएको छ । नियमानुसार अध्यक्ष सहित १० जना निर्वाचनबाट ११ जना मनोनित र ८ जना पदेन गरी बढिमा २९ सदस्सीय क्याम्पस संचालक समिति हुने प्रावधान रहेको छ ।

You might also like