‘क्रान्तिकारी पार्टीबीचको एकताले नयाँ आशाको संचार’

तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए

0

नवलपरासी – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् । नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् ।


कार्यक्रममा प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले क्रान्तिकारीहरुको एकताको लागि आजको दिन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) बीचको एकताले क्रान्तिकारीहरु बीच नयाँ आशा संचार भएको बताउनुभयो ।


कार्यक्रममा नेकपा( बहुमत) महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारी एकताबाट देशमा नयाँ धुब्रीकरण शुरु भइसकेको औल्याउनुभयो ।
कार्यक्रममा नेकपा( मशाल) का जिल्ला सेक्रेटरी मिलन; जिल्ला सदस्य बिस्फोटलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेकपा (बहुमत)का जिल्ला संयोजक दीपको अध्यक्षता क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालनमा भएको थियो ।
तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका थिए । बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच शुक्रबार पार्टी एकता घोषणा सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम काठमाडौमा गरिएको थियो ।


कार्यक्रममा स्वबियुमा निर्वाचित हुनुभएका बिद्यार्थी नेता सन्देश सापकोटालाई बधाई तथा सम्मान गरिएको थियो ।

You might also like