नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको जिल्ला भेला तयारी

0

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जिल्ला भेलाको तयारी थालेको छ । भेला अन्तरगत जिल्लामा रहेका सातैवटा पालिकामा पार्टी सदस्यता नवीकरणका काम अन्तिम चरणमा पुग्नुका साथै पालिका कमिटीहरुको भेला सम्पन्न गरिएको जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

भेला तयारी स्वरुप जनवर्गीय संगठन तथा मोर्चाहरुको परिचालनका काम भइरहेको उहाँले बताउनुभयो । भेलामा सहभागी हुने प्रतिनिधिहरुको छनौटका साथै भेलालाई भब्य बनाउन बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुबीच भेटघाट एंव राजनैतिक प्रतिबेदन लेखनका कामहरु समेत कार्य बिभाजन गरिएको क्षेत्री जानकारी गराउनुभयो । यही चैत्र १८ गते शनिवार जिल्ला भेला हुने क्रान्तिकारी माओवादीको जनाएको छ । नेकपा(बहुमत) नेकपा( मशाल) सहितका त्रिपक्षीय पार्टी एकतालाई मध्यनजर गर्दै क्रान्तिकारी माओवादीले संगठन सुदृढीकरणलाई तीब्रता दिएको हो । संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते क्रान्तिकारी माओवादीको प्रदेश भेला हुदैछ । शनिवार भालुबाङमा सम्पन्न बैठकले पार्टी सुदृढीकरणको योजना अन्तगरत कार्यक्रमहरु तय गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले बताउनुभयो ।

You might also like