२५ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा क्रान्तिकारी माओवादीको नगर भेला
नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिले २५ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्र्दभ पारेर नगरस्तरीय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । क्रान्तिकारी माओवादीको जिल्ला सचिवालयले संगठन सुदृढ अभियान अन्तरगत सातै पालिकाको भेला तथा बैठक संचालन गर्ने निर्णय गरेको थियो । निर्णयको दृढ कार्यान्वयनका लागि विबेक, क्रान्ति र न्युक्यियसलाई बर्दघाट नगर भेला गर्ने जिम्मेवारी दिइएको जिल्ला ईञ्चार्ज संकल्पले जानकारी दिनुभयो ।
यसैबीच सुनवल र प्रतापपुरको भेला तथा बैठक र सरावल , पाल्हीनन्दन र सुस्ताको सम्र्पक समितिहरुको बैठक समेत फागुन १५ गते भित्र सम्पन्न गर्न जिम्मेवारी ठोस गरिएको उहाँले बताउनुभयो ।
यही चैत्र ५ गते २५ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्र्दभमा यस अभियान शुरु गरेर जिल्ला भेला सम्म जाने योजना बनाइएको संकल्पको भनाई थियो ।
दशबर्षे जनयुद्धका क्रममा बि.स. २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सम्वद्ध सामना सांस्कृतिक परिवारका सात जना कलाकारहरू च्याङ्वा लामा, चिनीमाया लामा, गुम्वासिं तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र मञ्जु कुँवरको तात्कालिन प्रहरीले सेल्टर लिई बसेको घरमा आगजनी गरेर सामूहिक हत्या गरेको थियो ।