ग्रामिण साकोसको स्थापना दिवस एवं विशेष साधारणसभा

0

नवलपरासी – ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औं स्थापना दिवस एवं विशेष साधारणसभा  गरेको छ । यस बर्ष देशभरकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको ग्रामिण सहकारी र बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि। मर्ज हुने भएपछि विशेष साधारणसभा आव्हान गरिएको थियो । विशेष साधारणसभाले बाल्मिकीसंग एकिकरणमा जाने प्रस्तावलाई स्विकृत गरेको छ । ग्रामिण सहकारीको हाल सम्मको कुल सम्पत्ति ८० करोड ९९ लाख ५१ हजार २ सय ९५ रुपैयाँ बराबर रहेको छ । एकिरण हुन लागेको बाल्मिकीको झण्डै २३ करोडको सम्पत्ति रहेको छ । दुबै सहकारीको एकिरण पछि १ अर्व माथी पुँजी भएको जिल्लाको एकमात्र सहकारी बन्नेछ । ग्रामिणमा हाल सम्म १० हजार ५ सय १ जना शेयर सदस्य रहेकोमा बाल्मिकीमा १ हजार २ सय ३० जना शेयरसदस्य रहेका छन् । दुबै सहकारीका साझा सदस्यको संख्या भने १ सय १७ जना रहेका छन् ।

स्थापना दिवस एवं विशेष साधारणसभामा बोलदै प्रमुख अतिथिको रुपमा रहनुभएका पुर्व अधयक्ष, जिल्ला सहकारी संघका संचालक समिति सदस्य रविन्द्र विक्रम हमालले सहकारीले सदस्यहरुको जीवनसतरमा सुधार ल्याउनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा सल्लाहकार बद्रिनाथ खनाल, पूर्व अध्यक्ष बसन्त रेग्मी, लेखा सुपरिवेक्षण समिति संयोजक बोधराज पाण्डे, दिब्यज्योती बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्णबन्धु पौडेल, पूर्व संचालक समिति सदस्य गोपाल पाण्डे, स्वर्णिम सेवाकेन्द्रका जय नारायण चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाधयक्ष सुरज केशीको स्वागत मन्तब्य रहेको थियो भने संचालन सचिव राधा ढकालले गर्नुभएको थियो ।

You might also like