संघीय खानेपानी मन्त्री खांन बर्दघाट आउदैं
बर्दघाट – नेपाल सरकार संघीय खानेपानी मन्त्री अब्दुल खाँन पश्चिम नवलपरासीको बर्दघाट आउनु हुने भएको छ । उहाँ मंगलवार ( माघ १७ गते ) बिहान बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अवलोकन तथा निरिक्षण गर्न आउने कार्यक्रम रहेको छ । संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समितिका संयोजक दीपक लम्सालका अनुसार मन्त्री खाँनलाई बिहान ८ बजे स्वागत गर्ने कार्यक्रम रहेको छ ।