बर्दघाट–५ को जितपुर बस्तीमा नापी कार्यको आरम्भ
बर्दघाट – भुमि आयोग नवलपरासीले बर्दघाट–५ को जितपुर बस्तीमा नापी कार्यको आरम्भ गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिका भित्रका भुमिहीनहरु भुमिहीन हुनु नपर्ने औल्याए । उनले सुकुम्बासीहरुलाई पुर्जाको ब्यवस्था गर्न जनप्रतिनिधिहरु लागि परेको जानकारी दिए । नगर प्रमुख श्रेष्ठले चुनावको प्रतिबद्धता अनुसार नै भुमीहिन सुकुम्बासीको समस्या हल गर्न लागेको बताए ।
कार्यक्रममा आयोगमा जिल्ला अध्यक्ष देवराज भण्डारीले भुमीहिन तथा सुकुम्बासीहरुलाई ब्यवस्थापन गर्न आयोग लागि परेको बताए ।
कार्यक्रममा आयोगका जिल्ला सदस्य भविश्वर तिवारी आजाद, लक्ष्मी भुसाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियार एंव स्थानीय बासिन्दाहरुले समेत मन्तब्य राखेका थिए ।
कार्यक्रम बर्दघाट –५ की वडाध्यक्ष बिमला गुरुङ्गको अध्यक्षता खेमराज सापकोटाको संचालन जगत बहादुर बुढाको स्वागतमा भएको थियो ।
बर्दघाट पोष्ट दैनिकले प्रकाशित गरेको छ ।