सामाजिक चौपाया ब्यवस्थापन गर्दै बर्दघाट नगरपालिका
नवलपरासी – बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाको अगुवाईमा सामाजिक चौपाया ब्यवस्थापन गरिएको छ । यो अभियानमा नगर प्रहरी र राधाकृष्ण सामुदायिक गौशालाको संयुक्त प्रयास रह्दै आएको छ । आइतवार पशुपंन्छी विकास शाखाका कर्मचारी , नगर प्रहरी र राधाकृष्ण सामुदायिक गौशालाले १५ वटा सामाजिक चौपाया ब्यवस्थापन गरेका हुन् ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरको नियमित कार्यअनुसार सामाजिक चौपाया व्यवस्थापन गरिएको बताए । हामीले सामाजिक चौपायालाई गौशालामा लगेर संरक्षण गर्दै आएका छौ – उनले भने– यसबाट सडकमा हुने दुर्घटना समेत कमी आउने छ । प्रमुख प्रशासकिय अधिकृत सापकोटाले सामाजिक चौपायाको सुरक्षामा समेत नगरपालिका गम्भिर रहेको जानकारी गराए । धार्मिक मान्यता अनुसार पनि गौबंशलाई दुखः दिन नहुने मान्यता रहेको बताउदै सापकोटाले चौपायाको अधिकारमा समेत नगर सचेत रहेको दावी गरे । उनले बर्दघाट नगरपालिकाले त्यस्ता चौपायाहरु देखेको खण्डमा नगरलाई जानकारी गराउन समेत आग्रह गरेको छन् । यो हरेक नगरवासीको कर्तब्य हो – प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने– त्यस्ता चौपायाहरु देखेको खण्डमा नगरलाई जानकारी गराउनुहोला ।
पशु पंन्छी तथा मत्स्य विकास शाखा प्रमुख तथा पशु विकास अधिकृत भरत लम्सालले राधाकृष्ण गौशालालाई आहारा ब्यवस्थापनमा सहयोग गर्दै आएको बताए । उनले हेरालुका लागि नगरले गौशालालाई मासिक १५ हजार रुपैया समेत प्रदान गर्दै आएको जानकारी दिए ।
आजको बर्दघाट पोष्ट दैनिकले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।