सिप सिकाउने कार्य प्राथमिकतामा – नगर प्रमुख श्रेष्ठ

0

बर्दघाट – बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले युवाहरुलाई सिप सिकाएर दक्ष बनाउने बिषयलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बर्दघाट नगरपालिकाको आयोजनामा शुक्रवार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत भएको एक अन्तरक्रियामा बोल्दै उहाँले युवाले सकेसम्म स्वदेशमै उद्यम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामी परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मञ्चका बद्री सुवेदी, उत्साह नेपालकी अध्यक्ष धनमाया गिरी,रामु भुसाललगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सुर्य पाण्डेको संचालन र तारा सापकोटाको स्वागत रहेको थियो ।

You might also like