बर्दघाट नगरभित्र कार्यरत गैससले नगरमा अभिलेखीकरण गर्नुपर्ने !

0

बर्दघाट – बर्दघाट नगरपालिकामा कार्य गर्दै आएका गैरसरकारी संस्थाहरुले नगरमा दर्ता तथा अभिलेखीकरण गर्नुपर्ने भएको छ । बर्दघाट नगर क्षेत्रमा कार्यरत रहेका गैरसरकारी संस्थासंग नगरपालिकाले आयोजना गरेको समन्वय बैठकमा उक्त निर्णय भएको हो ।
बैठकमा उपप्रमुख रुद्र प्रकाश उपाध्यायको अध्यक्षता भएको थियो । सो अवसरमा नगरमा कार्यरत गैरसरकारी संस्थाहरुको ब्यवस्थापन गर्न नगरमा दर्ता तथा अभिलेख गर्नुपर्ने सहित पाँच वटा निर्णय गरिएको थियो ।
साथै ती संस्थाहरुले नगरमा लाग्ने शुल्क तथा कर भुक्तान गर्नुपर्ने,मासिक प्रतिबेदन पेश गर्नुपर्नेलगायत निर्णय भएको उपप्रमुख उपाध्यायले जानकारी गराउनुभयो ।
कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले गैरसरकारी संस्थाले नगरमा धेरै काम गरेको भएपनि त्यसकाम प्रति नगरले गर्ब गर्ने अवस्था सिर्जना गर्न नगरपालिकालाई नियमित रिर्पाेटिङ गर्नुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सहयोगी संस्थाहरुले बर्दघाट नगरपालिका गर्दै आएको कार्य बारे जानकारी दिन सरोकारवाला संस्थासंग आग्रह गर्नुभएको थियो । उहाँले गैससहरु नगरको लागि असल मित्र रहेको उल्लेख गर्दै दुवैको उद्धेश्य नगरमा विकास तथा सचेतना रहेको बताउनुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली , कृष्ण हरि पौडेललगायतले बैठकको औचित्य बारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुले आफ्ना भनाई राख्दै नगरले समन्वय बैठक राखेको प्रति आभार ब्यक्त गरेका थिए ।
समन्वय बैठक फेरि पौष २६ गते बस्ने नगरपालिकाले जनाएको छ ।

You might also like