घरमा बाँदर पसेपछि स्थानीय हैरान !

0

बुद्धि भुजेल
बर्दघाट – बर्दघाट–४ का बिभिन्न टोलहरुमा बाँदरले स्थानीय बासिन्दालाई सताउने गरेको छ । वनक्षेत्रसंग नजिकै रहेका दिब्यनगर, शान्तिनगर र क्याम्पाचौर नजिकको मानव बस्तीमा बाँदरले घरमै आएर सास्ती दिने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
दिव्यनगर र शान्तिनगरको उपल्लो बस्तीहरुमा बाँदरले खेतबारी मात्र नभइ घरमा पसेर नोक्सानी गर्ने गरेको स्थानीयले बताएका छन् ।
त्यति मात्र नभएर मानिसहरुलाई बाँदर बारीको सब्जी समेत नष्ट गर्दा आफूहरु हैरानीमा परेको स्थानीय दीपा शर्माले जानकारी गराउनुभयो । त्यस्तै बर्दघाट–२ चिसापानीमा पनि बाँदरले जंगलबाट निस्केर ठेला व्यापारीका फलफूल खाने गरेको जनाएका छन् ।
अल्हावल , बिर्ता लागयतमा चुरे वनक्षेत्रको नजिकैको मानव बस्तीमा समेत बाँदर आंतक रहेको छ । बाँदरले प्रायजसो जंगल नजिक भएका घरहरुमा पसेर नोक्सान गरिदिने गरेका छन् । त्यसैगरी बर्दघाट ४ स्थित क्याम्पाचौर नजिकको बस्तीमा पनि बाँदरले सताउने गरेको बाबुराम गिरीले जानकारी दिनुभयो । जंगलमा खाने आहारा नपाएपछि बाँदर मानव बस्ती तर्फ आउने गरेको जानकारहरु बताउछन् । आहाराको खोजीमा गाउँबस्तीमा बन्यजन्तु प्रवेश गर्दछन् ।

You might also like