यी हुन् बालिका कञ्चनको जबरजस्ती करणीपछि ज्यान लिने भारतीय नागरिक

0

जनकपुरधाम, २२ असार । एघार वर्षीया बालिकाको जबरजस्ती करणी गरेर ह’त्या गरेको आरोपमा एक जना भारतीय नागरिक प’क्राउ परेका छन् । अभियुक्त भारतकाे उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाइ साेमबार प्रहरीले सार्वजनिक गरेका हाे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको ब’लात्कारपछि ह’त्या भएको थियाे । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमती नदी छेउमा उनको शव अर्धन’ग्न अवस्थामा फेला परेको थियो ।

प्रहरी अनुसन्धानबाट चौधरी एन्ड मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिनअघि काम गर्न आएका सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगैँचाको एकान्त कुनामा लगेर ब’लात्कार गरेकाे र लगत्तै ह’त्या गरेको खुल्न आएको छ ।

ह’त्यापछि उनले शवलाई सोही ठाउँमा लुकाएर भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमती नदी नजिकको झाडीमा फालेका थिए ।

सिंहले प्रहरी समक्ष ब’लात्कारपछि ह’त्या गरेको स्वीकार गरेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

News24Nepal

You might also like