किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम उद्घाटन
माकर – बर्दघाट नगरपालिकाको आयोजनमा किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम बर्दघाट १ मा शुरु भएको छ । तालिमको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले शुक्रवार एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षित नारीहरुबाट समाज रुपान्तरण हुने औल्याउनुभयो। । कार्यक्रम उपप्रमुख रुद्र प्रकाश उपाध्यायले असल , शिक्षित र स्वस्थ्य नारी राष्ट्र निर्माणको अभियन्ता हुने बताउनुभयो । उहाँले स्वस्थ्य किशोरी राष्ट्र निर्माणको आधार रहेको जानकारी गराउनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्दीप सापकोटा र सहजकर्ता खीमा रिजालको सहभागिता रहेको थियो ।