श्रमिकमारा उम्मेदवारको भण्डाफोर गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ

0

संजय तिवारी
नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका मजदुरमारा उम्मेदवारहरुको भण्डाफोर गर्ने भएको छ ।


श्रमिकहरुको ज्याला भुक्तानीमा शोषण गरेका मालिकहरु उम्मेदवार बनेको भन्दै महासंघले जिल्लाभर भण्डाफोर कार्यक्रम लैजाने महासंघका जिल्ला संयोजक ज्ञानबहादुर खत्रीले जानकारी गराउनुभयो । श्रमिकहरु माथि ज्यादती गर्ने ब्यक्तिहरु यस संसदीय निर्वाचनमा उम्मेदवार भएर उठेको उहाँले बताउनुभयो । ती मालिकहरुका बिरुद्ध न्यायको पक्षमा भण्डाफोर गर्ने खत्रीको भनाई छ । उहाँले भण्डाफोर कार्यक्रमलाई पत्रकार सम्मेलनको आयोजना गरेर छिट्टै सार्वजनिक गर्ने बताउनुभयो । भण्डाफोर कार्यक्रम पश्चिम नवलपरासीमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा केन्द्रीत हुने महासंघले जनाएको छ ।

You might also like