काँग्रेस चोकमा बैद्य माओवादीको बहिष्कार !

0

नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) ले बर्दघाट–१५ काँग्रेस चोकमा चुनाव बहिष्कारको गतिबिधि स्वरुप घरदैलो कार्यक्रम गरेको छ । क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले भण्डाफोर तथा बहिष्कारको आब्हान गर्दै बर्दघाटको वडा नम्बर ५ , १४ , १५ र १६ मा घरदैलो गरेका हुन् ।

क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा ती वडाहरुका बण्डाखोला , धर्मबस्ती, गंगाबस्ती, काँग्रेसचोक , बसोबास, केरावारी र सिमलटाडी क्षेत्रमा निर्वाचनमा मत हाल्न नजान अपिल गर्दै मतदाता भेटघाट तथा घरदैलो गरिएको हो । उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न उर्दी समेत जारी गरेका छन् ।
मंगलवारको घरदैलो कार्यक्रममा जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, सो पार्टीका बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल , पार्टीका जिल्ला सदस्यहरु रवि तमु, गोबिन्द बहादुर साठीघरे, नगर कमिटी सदस्यहरु खेम गुरुङ्ग , बिजय गुरुङ्गल, पदम पौडेल लगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।

 

You might also like