क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पक्राउ पछि रिहा
बुटवल – नेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको नेतृत्वमा शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार अभियान लिएर अर्घाखाँची पुगेको टोलीले सन्धिखर्कको खुदवाङमा कोणसभाको तयारी गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरी १४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरुमा पार्टीका सेक्रेटरी न्यौपाने, पार्टी कन्द्रीय सदस्य तथा प्युठान–रोल्पा इन्चार्ज टिकाराम पौडेल, पार्टी कन्द्रीय सदस्य लक्ष्मी चौलागाई, लुम्बिनी प्रदेश सदस्य विराट शाही, अर्घाखाँची सेक्रेटरी टकमान राउत, दाङ जिल्ला सदस्य कमरेड मोहन, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा, परासी जिल्ला सदस्य दुर्गानारायण चौधरी, कपिलवस्तु जिल्ला पार्टी सदस्य कमरेड छोटु, परासी जिल्ला सदस्य गोबिन्द साठीघरे , बाँके जिल्ला सदस्य राजेन्द्रा शाही, प्युठान जिल्ला सदस्य चन्द्र पोखरेल, अर्घाखाँची जिल्ला सदस्य नमबहादुर घर्ती, र प्युठान जिल्ला पार्टी समर्थक प्रकाश बस्नेत रहेको जनाइएको छ । माथिको आदेश भन्दै चुनाव विरोधी कार्यक्रम गरेकोले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । चौतर्फी रुपमा दबाब परेपछि गिरफ्तार नेताकार्यकर्तालाई केही समय अघि छाडिएको छ । रिहा भएलगत्तै अभियान टोलीले अर्घाखाँचीको सन्धिखर्कमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न गरेको छ ।