जथाभावी शुल्क असुल गरेको अभियोगमा अखिल क्रान्तिकारीद्धारा प्रधानाध्यापकलाई कालोमोसो

0

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) शैक्षिक बिकृतिको बिरुद्ध उत्रिएको छ ।
क्रान्तिकारीको काठमाडौं जिल्ला समितिले विजय स्मारक माविका प्रधानाध्यापक डिल्ली शर्मा लाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ । नगर शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय इकाई लगायतका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई नभएकाले विजय स्मारक माविकका शर्मालाई कालोमोसो दलिएको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेन्द्र वलीले एक प्रेस वक्तव्य जारी गरी जानकारी दिनुभएको छ ।
विद्यार्थीसँग जथाभावी शुल्क असुली गर्ने, विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक यातना दिने, प्रअको जिम्मेवारीलाई कलंकित पार्ने गरी विद्यालयलाई राजनीतिकरण गरिएको, कमिसनको लोभमा गुणस्तरहीन अखाद्य पोषण आहार खुवाएको, ल्याबका सामग्री खरिदमा व्यापक अनियमतिा गर्ने गरेको लगायतका कारण प्रअलाई सांकेतिक रुपमा कालोमोसो दलिएको वक्तव्यमा अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।

You might also like