कैलालीमा १ सय ३२ जनामा डेंगु
कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेंगुका बिरामी फेलापरेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा ७ जनामा डेंगु पुष्टि भएको जनाइएको छ। गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेंगुका बिरामी फेलापरेका थिए।
यस्तै डेंगुबाट २ जनाको मृत्यु भइसकेको छ। भदौ १४ गते धनगढीको निसर्ग अस्पतालमा उपचारक्रममा धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको ज्यान गएको छ। यसैगरी टीकापुरकी एक बालिकाको नेपालगञ्जमा उपचारक्रममा ज्यान गएको जनाइएको छ। तर त्यसबारेमा थप जानकारी प्राप्त नभएको प्रमुख धामीले बताए। dineshkhabar