कुपन स्क्य्राच गर्दा ५१ हजार पुरस्कार

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको टि भी एस मोटरसाइकलको आधिकारिक विक्रेता फुटप्रिन्ट अटोहवमा स्कुटर किन्नु पहिले नै कुपन स्क्य्राच गर्दा एक खरिदकर्ताले ५० हजार पुरस्कार जितेका छन ।
कम्पनीको नकिन्दै एकलाख सम्म, किन्दा १० लाख सम्म, सातामा १ जनालाई फुलक्यास ब्याक अफर र बम्पर उपहारमा ५० लाख पुरस्कार राशी सहितको योजना अघि सारेकोमा प्रतापपुर ४ नवलपरासी निवासी शनी चौधरीले नकिन्दै ५० हजार र किनेपछि १ हजार गरि ५१ हजार राशी पुरस्कार स्वरुप पाएको हवका संचालक विवेक भट्टराइले बताउनुभयो ।

विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध भएको हव आधिकारीक रुपमा उद्घाटन नभए पनि संचालनमा आउँदा वित्तिकै स्थानियलाई ठूलो पुरस्कार राशी पर्नुले आफूहरु खुसी भएको अर्का संचालक ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

पुरस्कार राशीमा ५१ हजार रुपैया विजेता बनेका चौधरीले सबै कुराले राम्रो सवारी खरिद गर्दा पुरस्कार राशी समेत हात पार्न सफल हुँदा आफू खुसी भएको बताउनुभयो । मोटरसाइकल शोरुम ले दर्शैँ तिहार लगायतका पर्व लक्षित विभिन्न योजना सहित मोटरसाइकल र स्कुटर विक्री वितरण गरेको छ ।

You might also like