६१ वटा कुखरा मार्ने चितुवा, कृषकबाट मारियाे

0

 गुल्मीमा चितुवा र मान्छेबीच भिडन्त हुँदा चितुवा मारिएका छन् । चितुवालाई मार्न सकेकाले एक जनाको ज्यान बचेको छ । ती युवा घाइते हुनुभएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिव १० मिनेट लडाइँ भएको भाई लेखराज कुँवरले जानकारी दिनुभयो ।

यता, डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्का लिने काम भइरहेको छ । मृत चितुवाको व्यवस्थापन गर्ने कार्य अगाडि बढाउने तयारीमा समेत भएको छ ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको गुल्मी अस्पतालले जनाएको छ । चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखरा मारेका छन् । gorkhapatra

You might also like