देशभर वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो हुन्छ मौसम !

0

आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले ९शनिबार बिहान ७ः३३ बजे० प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थान र मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘दिउँसोलाई कतै भारी वर्षाको सम्भावनाचाहिँ छैन’, उनले भने।

बुलेटिनअनुसार आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थान र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ – प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। khabardabali

You might also like