बर्दघाट नगरपालिकाद्धारा किसानसंग नगरपालिका कार्यक्रम

0

नवलपरासी १३ भदौ – बर्दघाट नगरपालिकाले किसानसंग नगरपालिका कार्यक्रम सोमवार सम्पन्न गरेको छ । समग्र कृषि क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी लिन नगरले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले कृषिबाट नै समृद्धि सम्भव हुने हुदाँ सिंचाईलाई प्राथमिकतामा राख्ने बताउनुभयो । कृषि तथा पशुपंन्छी ब्यवसाय प्रबद्र्धन गर्नका लागि भन्दै कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले उत्पादन बृद्धि गरेर कृषि पर्यटनलाई समेत जोडेर लैजाने गरी योजना बनाइने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कृषकका सुझावलाई समेत समाबेश गर्दै एकीकृत योजना बनाइने बताउनुभयो ।
कार्यक्रममा कृषि बिज्ञ चक्रपाणी पन्थीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा न.८ का वडाध्यक्ष कविराज आचार्यले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा कृषकहरुले कृषिमा उत्पादन लागत तथा बजारीकरण, प्रबिधि, मल बीउ, दुध तथा मासुजन्य उत्पादनको अवस्था र बजारीकरणका उपाय सहितको सुझाव दिएका थिए । कार्यक्रममा चन्द्रोदय बहुउदेश्शीय सहकारी संस्था चौपत्ताका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिना , पशुसेवा प्राबिधिक रामप्रसाद पौडेल अगुवा कृषकहरु प्रकाश कुमार विश्वकर्मा,झमबहादुर थापा, हरि बास्तोला, मौरीपालक कृषक शिव प्रसाद पाण्डेयलगायतले सुझाव राख्नुभएको थियो । कार्यक्रमको संचालन खुमकान्त न्यौपानेले गरेको जनाईएको छ ।

 

You might also like