देशभरका सामुदायिक विद्यालयमा कर्मचारी परिषद्को ताला

0

 देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

परिषद्का महासचिव शान्तिनाथ योगीले उपत्यकाको विद्यालयमा तालाबन्दी गर्न ४१ सदस्यीय समिति गठन भएको जानकारी दिए । भदौ १ देखि विद्यालयका कर्मचारी आन्दोलित छन् ।

परिषद‍्ले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभइ झिनो अनुदानमा मात्र काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै आएको छ ।  annapurnapost

You might also like