चोरखोला नजिक पहिरोको कारण राजमार्गमा जाम
कपिलवस्तुको चोरखोला नजिक पहिरोको कारण पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ ।
चन्द्रौटाभन्दा १२ किलोमिटर पश्चिम चोरखोला नजिक पहिरोको कारण बिहान ४ बजेदेखि जाम शुरु भएपछि सयौं गाडी फसेका छन् ।
एकतर्फी यातायात चले पनि एउटा गाडीलाई पार गर्न लामो समय लाग्ने भएकाले जाम बढेको हाे । gorkhapatra