स्वदेशी सेनेटरी प्याडको उत्पादनले धान्न नसकेर आयातमा छुट दिइएको हो : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तुहरुलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यबृद्धिसमेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।
धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाई छ। अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरुपमा करको दायरा हेरफेर नगरिएकोसमेत बताए।
उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनलेसमेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको बताए। उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताए। annapurnapost