सबै वडावासी लाई समेटेर लैजान्छौ – बेधविना तिवारी

0

  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ लक्ष्मीनगर निवासी बेधविना तिवारी   नगरको सबैभन्दा महत्वपुर्ण वडा बर्दघाट–४ को वडाध्यक्ष हुनुहुन्छ । नगर मुख्यालय   समेत रहेको यो वडा जनघनत्व तथा विभिन्न बिषयले समेत महत्व राख्ने वडा मानिन्छ । आज हामीले वडाको समृद्धि र वडावासीको प्राथमिकताका सन्र्दभमा उहाँसंग कुराकानी गरेका छौ ।

सर्वप्रथम वडाध्यक्षमा निर्वाचित हुनुभएको तपाई र तपाईको टिममा बधाई छ । वडाको विकासका लगि तपाईको प्राथमिकता के के छन् ?
– पहिलो, यहाँलाई धन्यवाद दिन चाहन्छु । दोस्रो, अहिले हामीले वडाभित्रका प्राथमिकता के के हुन सक्छन् भनेर वडावासीहरुसंग सुझाव लिने कार्य शुरु गरेका छौ । त्यही राय सुझावको आधारमा टोल टोलमा विकासका योजनाको प्राथमिकता निर्धारण गर्ने हाम्रो प्रयत्न छ । हामीले टोललाई बलियो बनाएर लैजान्छौ । हामी आफै पनि टोलमा पुगेर प्राथमिकता निर्धारण गर्छाै ।

तपाईले टोललाई बलियो बनाएर लैजाने कुरा गर्नुभयो । त्यो कसरी सम्भव होला ?
बडो राम्रो प्रश्न गर्नुभयो । बिशेष गरेर हामी यहाँको २१ वटै टोल बलियो बनोस् भन्ने चाहन्छौ । त्यो सम्भव पनि छ । हामीले टोल विकास संस्थाका पदाधिकारीहरुसंग अन्तरक्रिया तथा छलफल गरिसकेका छौ । उहाँहरुसंग सहकार्य गरेर उहाँहरुलाई समेटेर लैजाने हाम्रो प्रयत्नबाट उहाँहरुले मिलेर काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । जुन निकै खुसीको कुरा हो ।

यहाँले टोल विकास संस्थाहरुको भेला तथा अधिबेशन डाक्ने योजना बनाउनुभएको छ । त्यसबाट टोलका योजनाहरु पनि ल्याउनुहुन्छ ?
हो । टोल विकास संस्थाहरुको भेला अधिबेशनबाट उहाँहरुले नेतृत्व चयन मात्र गर्नु हुने छैन । त्यसबाट नगर तथा वडाका योजना समेत टोलवासीहरुले हामीलाई दिनुहुनेछ । त्यसको सहजीकरण हामीले गर्छाै । र विगतमा भन्दा उत्कृट योजना प्राथमिकीकरण गर्नेछौ । सबै वडावासी लाई समेटेर लैजान्छौ ।

टोल विकास संस्थाहरुको भेला अधिबेशनमा यहाँहरुले भुमिका के हुन्छ ?
हामीले सहजीकरण मात्र गर्छाै । हामीलाई वडावासीहरु प्रति विश्वास छ । उहाँहरुले टोल टोलमा भएका विकास र समृद्धि चाहने ब्यक्तित्वहरुलाई टोलको नेतृत्वमा ल्याउनु हुनेछ । जसले गठबन्धनबाट जितेका हामी सबैलाई काम गर्न सहज होस् । हामीले विकास र समृद्धि चाहने जो आएपनि हामी सहकार्य गर्छाे ।

वडाको बजेटको सिलिङ आईसकेको छ ?
वडाको बजेट सिलिङ आइसकेको छैन । बजेटको मापदण्ड आएपछि आवश्यकताका आधारमा हामीले योजना बनाउछौ ।

वडामा जनप्रतिनिधि बीच कामको बिभाजन कसरी गर्नुभयो ?
हामीले टोलहरुको नीरिक्षणका लागि क्षेत्रगत रुपले कामको बिभाजन गरेका छौ । वडासदस्यहरुले टोलका गुनासो र योजना ल्याउनुहुनेछ ।

तपाईको वडामा सेवाग्राहीको चाप निकै छ । यसलाई ब्यवस्थित के योजना छ ?
हाम्रो वडामा जनघनत्व धेरै भएकोले कार्यालयमा कामको चाप भएको हो । हामीले नगरमा यसबारे कुरा गरिसकेका छौ । नगरले हाम्रो गुनासो सुन्नेमा हामी आशावादी छौ । हामी जनप्रतिनिधिहरु पनि कार्यालय समयमा सेवाग्राहीसंगै हुन्छौ । जसले हाम्रो कर्मचारी पंक्तिलाई थप हौसला मिल्नेछ ।

तपाई वडाध्यक्ष अर्थात जनप्रतिनिधि तपाई आफूलाई सेवक मान्नुहुन्छ कि प्रशासक ?
हामी प्रशासक भन्दा बढी जनताको सेवक हौ । हो, हामीले प्रशासनिक काममा समेत डिल गर्नुपर्ने हुदाँ तपाईले यो प्रश्न गर्नुभएको होला । तर हामी सेवक हौ । जनताको सेवक……।

तपाईले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध कस्तो होस भन्ने चाहनुहुन्छ । तपाई कर्मचारीहरुसंग कस्तो ब्यवहार गर्नुहुन्छ ?
जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मास्ुबीचको सम्बन्ध जस्तै हो । हामीले त्यही सम्बन्धलाई बुझेर ब्यवहार गर्छाै । एउटा परिवारको सम्बन्ध कस्तो हुन्छ । त्यही अनुसार हाम्रा कर्मचारीहरुसंग हाम्रो ब्यवहार रहन्छ ।

अन्तिममा एउटा प्रश्न । वडावासीलाई तपाईको तर्फबाट के भन्नुहुन्छ ?
जसले हामीलाई मत दिएर बिजयी गराउनुभयो । उहाँहरुलाई धन्यवाद भन्न चाहन्छौ । उहाँहरुले मतले हामीलाई जनप्रतिनिधि बनाएको हो । त्यस प्रति कृतज्ञ छौ । साथै सम्पुर्ण वडाबवासीको आशा र भरोशालाई हामीले निराश हुने मौका दिने छैनौ भन्ने बचनबद्धता गर्न चाहन्छु । बर्दघाट पोस्ट

You might also like