वीरगन्जमा चिनी मिल खोल्ने भए सम्पत्ति दान गर्छु : सांसद श्रीवास्तव 

0

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद विमल श्रीवास्तवले सरकारले एक वर्षभित्र वीरगन्जमा चिनी मिल र कृषि औजार कारखाना सञ्चालनमा ल्याउने भए आफ्नो सम्पत्ति दान गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

“मेरो नाममा एउटा घर छ, या त त्यो घर सरकारको नाममा पास गरिदिन्छु या त त्यो घर बेचेर एक–डेढ करोडजति पैसा आउँछ, म सरकारलाई वीरगन्जमा खुल्ने चिनी उद्योग र कृषि औजार उद्योगका लागि फन्डमा सहयोग गर्ने प्रतिज्ञा गर्दछु,” उनले भने ।

उनले सो ठाउँमा चिनी मिल बने बारा र पर्साका किसान र युवालाई रोजगारी दिन सकिने बताए । अरू कुरा कटौती गरेर पनि कारखाना सञ्चालनमा ल्याउन उनले आग्रह गरे ।

सांसद श्रीवास्तवले बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट भएको उल्लेख गरे । प्रतिपक्ष दल असन्तुष्ट हुनु स्वाभाविक भए पनि सत्तापक्ष नै असन्तुष्ट हुनुले बजेट झारा टार्ने विषय मात्रै भएको टिप्पणी उनले गरे ।

आत्मनिर्भर भएका वस्तुहरूको आयात रोकिनुपर्ने भए पनि नरोकिएको भन्दै उनले त्यसले स्वदेशी उत्पादन उद्योग मारमा पर्ने बताए । baahrakhari

You might also like