स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी

0

 स्याङ्जामा मतगणना जारी छ । अहिले सम्म १० स्थानीयतहका २८ ओटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । जसमध्ये २० वटा वडामा नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ भने ८ वटा वडामा नेकपा एमालेले बिजय हासिल गरेको छ । ९७ वडा रहेको स्याङ्जामा अहिले सम्म २८ वडाको मत परिणाम सार्वजनिक गरिएको हो । मतगणना भएका स्थानीयतहका अधिकांश पालिकामा नेपाली काँग्रेसले अग्रस्थान हासिल गर्दै आएको छ ।

यसै बिच हरीनास गाँउपालिकामा ३ वटा वडा अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ भने २ वटा वडामा नेकपा एमाले बिजयी भएको छ । बिरुवा गाँउपालिकामा २ वटा वडा अध्यक्षमा नेपाली काँग्रेस बिजयी भएको छ । फेदिखोला गाँउपालिकामा ३, कालीगण्डकी गाँउपालिका १ वडा अध्यक्ष नेपाली काँग्रेस बिजयी भएको छ भने आँधीखोला गाँउपालिकामा १, कालीगण्डकी गाँउपालिकामा २ एमाले वडा अध्यक्षमा विजयी हासिल गरेको छ । अर्जुचौपारी गाँउपालिकामा १ वडा अध्यक्ष नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ ।

यसै गरी भीरकोट नगरपालिकामा ३, पुतलीबजारमा २, गल्याङ नगरपालिकामा ३ र वालिङ नगरपालिकामा २ वडा अध्यक्षमा नेपाली काँग्रेस बिजयी भएको छ भने पुतलीबजारमा १, वालिङ नगरपालिकामा १ र गल्याङ नगरपालिकामा १ वडा अध्यक्षमा बिजयी हासिल गरेको छ । धमाधम वडाका परिणामहरु आउन थालेपछि राजनीतिकदलहरुले बिजयी जुलुस समेत निकाल्न थालेका छन् ।
पुतलीबजार नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख उम्मेदवार तुलसीराम रेग्मीले २९३० , नेकपा एमालेका प्रमुख उम्मेदवार सिमा कुमारी क्षेत्रीले २३४३ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका देवी अर्यालले २७९८ र नेकपा एमालेका महेश पुरीले २६५८ मत प्राप्त गरेका छन् ।

यसै गरी भीरकोट नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख गोविन्द कुमार कर्मचार्यले २६३५ र नेकपा एमालेका प्रमुख विश्वनाथ अर्यालले १९०० मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका भगवती अर्याल रेग्मीलेले २६८० र नेकपा एमालेका सरस्वती भट्टराईले १८५४ मत प्राप्त गरेका छन् ।

चापाकोट नगरपालिकामा नगर प्रमुखका उम्मेदवार नेपाली काँग्रेसबाट देवबहादुर खाँणले १६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रमुख उम्मेदवार राजु कोइरालाले ११० मत प्रापत गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका इशा रानाले १६८ र नेकपा एमालेका सृष्टि मल्ले ९६ मत प्राप्त गरेका छन् ।

यसै गरी हरिनास गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार टोपा भुजेलले ३५५१ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धरले ३१०५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका नेकपा माओवादीका मिठु लम्सालले ३५०४ र नेकपा एमालेका इन्द्रकुमारी थापा रानाले ३११४ मत प्राप्त गरेका छन् ।

बिरुवा गाँउपालिकामा गठबन्धनका नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार डोलराज पोख्रेलले ११६१ र नेकपा एमालेका अध्यक्ष सुर्य कुवरले १००५ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उपाध्यक्ष नेकपा माओवादीका थमबहादुर गुरुङले ९७५ र नेकपा एमालेका भगवती शर्माले ९१० मत प्राप्त गरेका छन् ।

फेदिखोला गाँउपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद बरालले १४४८ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार घनश्याम सुवेदीले १३५८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका शिव पराजुलीले १०४१ र नेकपा एमालेका देउकुमारी गुरुङले १४१६ मत प्राप्त गरेका छन् ।

कालीगण्डकी गाँउपालिकामा अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापाले २८९२ र नेपाली काँग्रेसका माया रानाले २४१९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले २६१० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सावित्रा कोइरालाले २४४७ मत प्राप्त गरेका छन् ।

अर्जुनचौपारी गाँउपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश तिवारीले १५६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार १३३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सपना गुरुङले १७३६ र नेकपा एमालेका टंकप्रसाद खनालले ११५२ मत प्राप्त गरेका छन् । गल्याङ नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ४६४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुर्यप्रसाद गैह्रेले ३६८२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हेमा न्यौपानेले ४३७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका देवी थापाले ३७६८ मत प्राप्त गरेका छन् । वालिङ नगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका दिलिपप्रताप खाँणले २३९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण खाँणले ३०३२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका कविता तिवारीले २६२९ प्राप्त गरेका छन् भने नेकपा एमालेका खगिसरा थापाले २५२२ मत प्राप्त गरेका छन् । भोली सम्म स्याङ्जाका गाँउपालिकाको नतिजा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ भने नगरपालिकाको भने केही दिन अझै लाग्न सक्ने बताइएको छ ।   rajdhanidaily

You might also like