धनगढी उडेको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

0

 काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि सुरक्षित अवतरण गराइएको छ।

बुधबार ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो। जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।   dineshkhabar

You might also like