स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडाैंकाे फोहोरमैला तह लाग्छ

0

नेकपा एमालेबाट काठमाडाैं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडाैंका फोहोर मैला तह लगाउने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताए ।

उनले काठमाडाैंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताए । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गरे । ‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ’, उनले विहान बेलुकै फोहोर उठाउने दावी गर्दै फोहरमैलामा अव काँग्रेसले राजनीति गर्न नपाउने बताए ।

‘फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन’, स्थापितको भनाइ छ । उनले चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउ’, स्थापितको भनाइ छ ।  ratopati
You might also like