रुपन्देहीमा गृहमन्त्री खाँण निजी गाडीमा सवार
गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेकाबेला उनले गृहजिल्ला पुगेका बेला निजी गाडी चढेका हुन् ।
शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला रुपन्देही पुगेका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गरेका थिए ।
उनले बा११च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री, संघीय सरकार र प्रदेशका मन्त्रीहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले भने सरकारी सवारी साधनकै प्रयोग गरेर चुनाव प्रचार गरिरहेका छन् । onlinekhabar