मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?
३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।
आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।