स्थानीय तह निर्वाचन : धनगढीको सडकमा उत्रियो सेना

0

धनगढीः कैलालीमा नेपाली सेनाले पनि गस्ती सुरु गरेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले गस्ती सुरु गरेको हो। जिल्लाको अत्तरियामा रहेको देविदल गणले स्थानीय तहमा सुरक्षा गतिविधि बढाएको छ।

कैलालीका १३ स्थानीय तहमा नै नेपाली सेनाको टोली खटिएको देविदल गणले जनाएको छ। बुधबार धनगढीमा पनि नेपाली सेनाले आफ्नो गस्ती सुरु गरेको छ। राष्ट्रि बैंकबाट सुरु भएको गस्ती धनगढीको मुख्य बजार हुँदै भित्री सडकमा पनि पुगेको थियो। यसका साथै गस्तीमा निस्केको सेनाको टोलीले बुथकेन्द्रको निरीक्षणसमेत गरेको छ।

धनगढीको वडा नम्बर १ त्रिनगर मावि, वडा नम्बर २ को शारदा मावि, वडा नम्बर ३ को जनता मावि, वडा नम्बर ४ को राष्ट्रिय तुलसीराम मावि र वडा नम्बर ५ को पञ्चोदय माविमा रहेको बुथ केन्द्रको निरीक्षण गरिएको नेपाली सेनाले जनाएको छ।

जिल्लामा साढे ४ सयभन्दा बढी सेना परिचालित भएका छन्। dineshkhabar

You might also like