चितवनमा बाघको आक्रमणबाट ६५ वर्षीय दाहालको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बाघले आक्रमण गरेको सूचना आएलगत्तै उनको खोजी गर्दा शव भेटिएको थियो ।
घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ । khabardabali