आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सद्धारा कोलकाता नाइट राइडर्स पराजित

0

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो।

कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा ग¥यो। उसका डेविड वार्नरले ४२ र अक्षर पटेलले २४, ललित यादवले २२ रन जोडे। रोभमान पवेल ३३ रनमा अविजित रहे।

पृथ्वी श पहिलो बलमै आउट भएका थिए। यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । उसका नीतिश रानाले ५७, कप्तान श्रीयश आयरले ४२ र रिंकु सिंहले २३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। जितसँगै दिल्ली आठ खेलबाट ८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । कोलकातो ९ खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।  malmalafm

You might also like