आर्थिक अभावले बैतडीकी द्रोपतीको उपचारमा समस्या, सहयोगको अपील
धनगढीः बैतडीमा आर्थिक अभावका कारण करेन्ट लागेर घाईते बालिकाको उपचारमा समस्या भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर २ स्थित सलेनाबजार बस्ने हरी दमाईकी १२ वर्षीय छोरी द्रोपती दमाई करेन्ट लागेर घाईते भएकी हुन्। उनी वैशाख ६ गते बिहान घर नजिकै करेन्ट लागेर घाइते भएकी थिइन्।
उनको हात र खुट्टामा चोट लागेको छ। उनको उपचारका लागि विभिन्न अस्पताल लगिए पनि आर्थिक अभावका कारण घरमै फिर्ता ल्याउनुपरेको उनका बुबाले बताए। बालिकाको अप्रेसन गर्नुपर्ने हुँदा आर्थिक अभाव भएको उनको भनाइ छ। उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपील गरेका छन्। सहयोग गर्ने इच्छुकले ९८६४७६१९२५ मा सम्पर्क गर्न सकिने छ। dineshkhabar