राजुदत नपाएपछि शेर्पा एमालेमै फर्किइन्

0

काठमाडौं । पूर्व राजदूत लक्की शेर्पा राजदुत नपाएपछि माओवादी छोडेर फेरि एमाले प्रवेश गरेकी छन् । राजदुत नपाए एमाले प्रवेश गर्ने चेतावनी दिदै आएकी शेर्पाको चेतावनीलाई माओवादीले वेवास्ता गरेपछि अन्तत:   एमाले प्रवेश गरेकी हुन् ।

आफ्नै निजी सहयोगी वाङचु शेर्पालाई मोटो रकम लिएर अस्ट्रेलिया ल्याएको र दुःख दिएको आरोप लागेपछि शेर्पा विवादमा तानिएकी थिइन्।  विवादास्पद गतिबिधि गरेका कारण  सर्वत्र विरोध भएपछि  उनलाई माओवादी केन्द्रले राजदुतबाट फिर्ता बोलाएको थियो ।

पहिलो संविधानसभामा चार वर्ष एमालेबाट समानुपातिक सभासद् बनेकी उनी रामचन्द्र झासँगै माओवादीमा प्रवेश गरेकी थिइन् । राजदुत नपाए एमाले जाने चेतावनी पटक पटक दिएकी शेर्पाकाे कुरा विवादित पात्र भएको भन्दै माओवादीले नसुनेन् । त्यही कारण उनी आज एमाले प्रवेश गरेकी हुन् ।  khabardabali

You might also like