बर्दघाटमा फरक कर्म – दिब्यनगरमा एकीकृत पंक्षीपालन
नवलपरासी – नवलपरासीको बर्दघाट ४ दिब्यनगरमा एकीकृत रुपमा पंक्षीपालन शुरु गरिएको छ । सुमार्ग कलेज एण्ड रिर्सच सेन्टरले शुरु गरेको सो एकीकृत पंक्षीपालन फार्ममा ६ प्रजातिका पंक्षी तथा खरायो समेत पालिएका छन् ।
फार्ममा बट्टाई, लौकाट, टर्की कटकनाथ, हाँस र स्थानीय जातका कुखुरा पालिएको छ । स्थानीय समाजसेवी रुद्रप्रकाश उपाध्याय , गणेश पाण्डे सिसम लगायत ४ जनाको संयुक्त लगानीमा शुरु भएको फार्मको हाल सम्म १८ लाख लगानी पुगेको सुमार्ग कलेज एण्ड रिर्सच सेन्टरले जनाएको छ ।
तस्विर – रामप्रसाद पौडेल ( पशु सेवा प्राविधिक )
सो फार्ममा ५ प्रजातिका सय बढि खरायो १ सय ७० बट्टाई ६७ लौकाट ,४० हाँस ,कटकनाथ ४ टर्की २७ स्थानीय कुखुरा २२ रहेको जनाइएकोछ ।