सैनामैनामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

 

स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको सैनामैना नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

देशभरका ७५३ वटै पालिकामध्ये सैनामैनाको वडा नं. ४ मुर्गियास्थित कृषि तथा पशुविकास शाखाको कार्यालयमा पनि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत विनोद प्रसाद घिमीरेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रशिक्षण दिएपछि नगरमा आजदेखि निर्वाचन अधिकृतसहित कर्मचारी खटिएका हुन् ।  कार्यालय स्थापनागरि निर्वाचन सम्बन्धि कामकाज अगाडि बढाइएको घिमीरेले बताउनुभयो ।

नगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्ने लगायत कार्य हुने सहायक निर्वाचन अधिकृत शिवलाल  अर्यालले बताउनुभयो ।

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।  malmalafm

You might also like