आईपीएल क्रिकेटमा लखनऊलाई हराउँदै बैंगलोर शीर्ष २ मा
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित निकालेको छ।
मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो।
बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनायो। लखनउका लागि कुर्नाल पान्डयले ४२ रन जोड्दा कप्तान केएल राहुलले ३० रन बनाए। मार्कुस स्टोनिसले २४ रन बनाए भने दिपक होडा र आयुषले समान १३ रन बनाए।
लखनउलाई सस्तैमा समेट्न बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन जोडेको थियो।
बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए। लखनउका जासन होल्डर र दुश्मन्था चामिराले २–२ विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। malmalafm