स्थानीय निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी बर्दघाट नगर समिती
बर्दघाट २० चैत्र : नेकपा ( क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले स्थानीय निर्वाचन बहिष्कारको कार्ययोजना निर्माण गरेको छ ।
एम. सी. सी. पारित गरेर रास्ट्रघात ; जनघात र भ्रष्टचार गर्नेहरुलाई मतदान गर्दा रास्ट्रघातीहरुको मतियार भइने भएको हुँदा स्थानीय निर्वाचन बहिष्कार गर्ने कार्ययोजना बनाइएको नगर सेक्रेटरी क्रान्तिले बताउनु भयो ।
त्यस्तै बहिष्कार आन्दोलनलाई जोडेर वडा भेलाहरु समेत तय भएको उहाँले जानकारी दिनुभयो ।
आइतबार भएको भेलामा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार एवं जिल्ला इन्चार्ज संकल्पले स्थानीय निर्वाचन बहिष्कार लाई प्रतिरोधात्मक तयारी गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी प्रदेश सदस्य एवं कार्यबाहक जिल्ला सेक्रेटरी समरले कथित स्थानीय निर्वाचन बहिष्कार आन्दोलनमा बर्दघाट केन्द्र बन्ने उद्घोष गर्दै पार्टीमा युवा; प्रौढ र जेष्ठ नागरिक गरि थ्री इन वान बनाइने बताउनुभयो ।