गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार

0

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीको कार्यभार प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेको समयमा उनले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार गृहमन्त्री खाँणलाई सुम्पिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई जिम्मेवारी दिइएको हो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजनिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यलयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।  kantipurnews

You might also like