राजदूत शर्माले गरे राष्ट्रपतिबाट शपथ ग्रहण
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालका आवासीय राजदूत शङ्करप्रसाद शर्मालाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
नेपाल सरकारको सिफारिसमा गत चैत ६ गते राष्ट्रपति भण्डारीले शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।kantipurnews