कैलाली र प्रदेश प्रहरी कार्यालयका नाममा कारण देखाउ आदेश

0

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका नाममा कारण देखाउ आदेश जारी भएको छ। जाहेरी दर्ता नभएपछि दुबै कार्यालयलाई विपक्षी बनाएर रिट परेकोमा उच्च अदालत दीपायलले कारण देखाउ आदेश जारी गरेको हो।

उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार न्यायाधीश जगतबहादुर थापाको एकल इजलासबाट सो आदेश जारी भएको हो। उनका अनुसार बैतडी मेलौली नगरपालिका–५ सेराका दमनबहादुर चन्दले श्रीमती र छोरा बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिन खोजेका थिए। 

तर जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेन। प्रदेश प्रहरी कार्यालय पुग्दा पनि उनको जाहेरी दर्ता नभएपछि चन्दले जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको नाममा रिट दिएका थिए। मोरङको थलाहास्थित भैरब गणमा कार्यरत चन्दकी धनगढीमा बस्दै आएकी श्रीमती र ५ वर्षको छोरा बेपत्ता छन्।dineshkhabar

You might also like